बनौंलाई पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि

पाेखरा | फागुन २६, २०८०

बनौंलाई पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा:    पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ ।  


रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो । 


उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।


महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो । 


च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 


भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । 


प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफि र मेडल प्रदान गरिएको थियो । 


विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष अध्यक्ष सुदिप पुर्जा लगायतले पुरस्कार वितरण गरेका थिए । 


फाइनल अघि समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौं राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउन पुग्ने बताए । यसको अलवा युवाहरुको क्षमता विकासम यसले टेवा पुग्ने उनले सुनाए । आगामी दिनमा यसलाई निरन्तरता दिदैं गए आफ्नो तर्फबाट धेरथोर सहयोग गर्ने उनले प्रतिद्धता पनि जनाए । 


कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङले प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने बताए । खेल संयोजक क्याप्टेन रनसिंह गर्बुजाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । 


फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन गरिएको अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए । जसअन्तर्गत पुरुषतर्फ १९, महिलातर्फ ७ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्